Home समाचार निजी सवारीले यात्रु बोकेको भन्दै सुर्खेतमा सार्वजनिक यातायात बन्द

निजी सवारीले यात्रु बोकेको भन्दै सुर्खेतमा सार्वजनिक यातायात बन्द

by ईलालटिन
0 comment

सुर्खेत । यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।

बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको छ । मुख्य गरी निजी (रातो नम्बर प्लेट) का सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसायीहरूले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले जानकारी दिए । उनकाअनुसार बुधबार बिहानदेखि प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् ।

‘बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरूले संयुक्त रूपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाइ भएन,’ सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले भने, ‘एकातिर तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन गरेको छैन, सार्वजनिक सवारीमा जानु पर्ने यात्रुहरूलाई प्रहरीकै अघिबाट ओहोरदोहोर गर्दा नियन्त्रण हुँदैन यस्तो अवस्थामा कसरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउनु । अव निजीले नै यात्रुहरू बोक्छन् हामी गाडी चलाउँदैनौँ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com