Home समाचार सीमाना विवादले गुल्मीका २० घरधुरी वर्षौंदेखि लालपुर्जा विहीन

सीमाना विवादले गुल्मीका २० घरधुरी वर्षौंदेखि लालपुर्जा विहीन

by ईलालटिन
0 comment

गुल्मी । साँध– सीमानामा विवाद हुँदा गुल्मीको सत्यवती गाउँपालिकाका २० घरधुरीले वर्षौँदेखि भोग चलन गर्दै आएको आफ्नै जमिनको लालपुर्जा पाउन नसकेको अवस्था छ । उक्त पालिकाको वडा नम्वर १ अस्लेवाका २० घरधुरीले वर्षौँदेखि भोग चलन गर्दै आएको जमिनको लालपुर्जा पाउन नसकेका हुन् । गाउँपालिका प्रमुख पारिश्वर ढकालले  सदरमुकाममा मंगलबार आयोजित  कार्यक्रममा उनीहरुको समस्या उठाएका छन् ।

राष्ट्रिय भूमि आयोग गुल्मीले आयोजना गरेको  भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यान्वयनका लागि स्थानीय तहसँग सम्झौता  कार्यक्रम भएको थियो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य  दाताराम खनालसँग उनले भने, ‘हाम्रो पालिकाको वडा नम्वर १ मा २०३६ सालमा नापी हुँदा वडा नम्वर १ र २ को सीमानाको विवाद चल्यो । त्यसपछि २० घरधुरीले अहिलेसम्म लालपुर्जा पाएनन् । २०५५ सालमा  साविक जिल्ला विकास समितिमा उनीहरु कै जमिन भएको टिप्पणी उठाइएको उनको भनाइ छ ।

उनीहरु आफ्नै जमिनमा लालपुर्जा विहीन बनेको भन्दै लालपुर्जा दिलाउन सकिने ढकालले बताएका थिए । जवाफमा  केन्द्रीय सदस्य खनालले उनीहरुको अव्यवस्थित बसोवासीको सिफारिस वडा कार्यालयबाट बनाउन भनेका थिए । त्यसपछि सर्वपक्षीय संयन्त्रबाट पनि सिफारिस गराई पालिका हुँदै राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालयमा पठाए उनीहरुलाई लालपुर्जा दिलाउन सकिने खनालले बताए । यस्तो समस्या अन्य पालिकाहरुमा पनि भएको अन्य जनप्रतिनिधिहरुले पनि बताउँदै थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com