Home समाचार नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी

नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका हुन्।

प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको जानकारी दिइन्। यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन्। महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका हुन्।कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन्। -आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५ जनाको उम्मेदवारी परेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com