Home समाचार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ। निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।  सेतोपाटी ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com