Home समाचार पाँच हजार किलो केराउसहित कपिलवस्तुबाट भारतीय ट्रक नियन्त्रणमा

पाँच हजार किलो केराउसहित कपिलवस्तुबाट भारतीय ट्रक नियन्त्रणमा

by ईलालटिन
0 comment

काठमाडौं । प्रहरीले कपिलवस्तुबाट पाँच हजार किलो केराउ बरामद गरेको छ।सोमबार राति प्रहरीले यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो। भारत गइरहेको युपी ५५ टी २२९५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको केराउ बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

ट्रक  चालक भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरिलाई नियन्त्रणमा लिइएको भण्डारीले बताए।तेस्रो मुलुकबाट निकै सस्तो मूल्यमा नेपालमा आउने केराउ व्यापारीको मिलेमतोमा भारततर्फ तस्करी हुँदै आएको छ। बरामद केराउको मूल्य ५ लाख रुपैयाँ रहेको भण्डारीले बताए। नियन्त्रणमा लिइएको ट्रक र केराउको मूल्य १७ लाख मूल्यांकन गरी भन्सार कार्यालय सुठौली पठाउने तयारी भइरहेको उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com