Home समाचार काठमाडौं उपत्यकाका सिडिओहरूको बैठक आज बस्दै

काठमाडौं उपत्यकाका सिडिओहरूको बैठक आज बस्दै

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) छलफल गर्न बैठक बस्ने भएका छन्।आइतबार ५ बजे बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। बैठकमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका सिडिओहरू सहभागी भई आदेश जारी गर्ने उनले बताए।  उपत्यकामा निजी सवारीसाधनमा लागु जोरबिजोर प्रणाली, शैक्षिक संस्थाहरू लगायतका विषयमा छलफल हुने रिजालले बताए।

‘अहिले छलफल भइसकेको छैन। पाँच बजेतिर बस्छौं। सिसिएमसीको पनि केही सिफारिस आउला,’ उनले भने, ‘अघिल्लो आदेशले रोकेको संस्थाहरूको विषयमा पनि छलफल होला। आजै आदेश आउँछ।’सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ। यस्तै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिन पनि सिफारिस गरेको हो।  कोरोना भाइरसको संक्रमण बढेपछि माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com