काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी महिला संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पक्षमा प्रदर्शन गरेको छ । माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले मन्त्री यादवमाथि गरेको दुर्व्यवहारको भन्दै महिला संघले विरुद्ध प्रदर्शन गरेको हो ।
माघ ५ गते बलिदानी दिवस मनाउन गौर पुगेको मन्त्री यादवमाथि जनमत पार्टीका नेता कार्यकर्ताहरूले सुनियोजित ढंगले भाला, लाठी र अन्य घरेलु हात–हथियारको प्रयोग गरी हत्याको प्रयास गरेको संघको आरोप छ । संघले मन्त्रीमाथि भएको त्यस किसिमका दुर्व्यवहार रोक्न समेत माग गरे छ । संघले यस्ता किसिमका गैरराजनीतिक कार्य गर्नेहरुलाई तत्कालै कारबाही गर्न माग समेत गरेको छ। मधेस प्रदेशको जनकपुर, रौतहट लगायत विभिन्न स्थानमा सोमबार प्रदर्शन गर्दै महिला संघले मन्त्री लागयत महिला नेतृत्वकर्मीको सुरक्षाको माग समेत गरेका छन्। त्यस्तै, दुर्व्यवहार गर्नेहरुमाथि कारबाही गर्न संघले माग गरेको छ। रातोपाटी ।