Home बुलेट न्युज धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, असई मनोज पोखरेल घाइते

धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, असई मनोज पोखरेल घाइते

by ईलालटिन
0 comment

धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा लुटेराको एक समुहले प्रहरीमाथि आक्रमण गरेको छ । सो गाउँपालिकाको वडा नम्बर ४ मा मंगलवार राति लुटेरा समूहले प्रहरी चौकीका असई मनोज पोखरेलमाथि आक्रमण गरेका हुन् । लुटेराको आक्रमणबाट असई पोखरेल घाइते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । घाइते असइको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भने उनको टाउकामा १२ वटा टाँका लागेको उनले बताए ।

ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । सो घटना बारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरुलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि एक्कासी आक्रमण भएको थियो । लुटपाट गर्नेहरुलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक रजौरले बताए । उनले घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा चन्द्रदेव यादव, रामजिवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेशरवि दास रहेका छन् । पक्राउ परेकाहरुबाट थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक रजौरेले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com