Home समाचार लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

by ईलालटिन
0 comment

लमजुङ ।  लमजुङमा आज मंगलबार ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी-उदिपुर ३३ के.भि प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले उदिपुर सवस्टेसनका ३३ के.भि तथा ११ के.भि फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले बताइन् । निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा तोकिएको समयावधि अगावै विद्युत लाइन संचालन गरिने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com