Home विश्व/प्रवास भारतमा ७ महिना पछि कोरोना संक्रमितको दैनिक संख्या १ लाख पार

भारतमा ७ महिना पछि कोरोना संक्रमितको दैनिक संख्या १ लाख पार

by ईलालटिन
0 comment

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,१७,१०० नयाँ संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् । बुधबार भारतमा कोरोनाका ९० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि ६ जुनमा एक लाख बढी संक्रमित भेटिएका थिए ।

भारतमा हालसम्म ३,५२,२६,३८६ नयाँ संक्रमित भेटिइसकेका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३०२ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ ४.८३ जनाको मृत्यु भइसकेको छ । भारतमा निको हुने दर ९७.५७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा यहाँ ३०,८३६ बिरामी निको भएका छन् । हालसम्म यहाँ ३,४३,७१,८४५ जनाले कोरोनालाई जितिसकेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com