Home विशेष २२९ अधिकृत क्याडेट माग गर्दै सेनाले खुलायो जागिर

२२९ अधिकृत क्याडेट माग गर्दै सेनाले खुलायो जागिर

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ।छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ।

www.nepalarmy.mil.np वेबसाइटबाट इच्छुकले दरखास्त दिन सक्नेछन्।खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ।आजेदेखि माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ।१८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन्। पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्दछ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com