Home समाचार मोटरसाइकललाई बसले ठक्कर दिँदा माओवादी केन्द्रका नेताको मृत्यु

मोटरसाइकललाई बसले ठक्कर दिँदा माओवादी केन्द्रका नेताको मृत्यु

by ईलालटिन
0 comment

रुपन्देही । नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा परी ज्यान गएको छ । मोटरसाइकलमा सवार बन्जाडेले गएराति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा गरेको ना ७ ख ९०६ नम्बरको बसले उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाईकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते भएका बन्जाडेको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो । बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com