कास्की । नेपाली काँग्रेस पार्टीको १४ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं. १ को अधिवेशनबाट सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन् । उनी प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । लामिछाने ४५८ मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी गुरुङले ३३० मत प्राप्त गरेका छन । सभापतिमा विजयी लामिछाने पोखरा महानगरका निवर्तमान उपसभापति र तत्कालिन लेखनाथ नगर समितिका सभापति हुन् ।
यसैगरी सचिवमा सरोज केसी र ओम प्रकाश गुरुङ विजयी भएका छन् । केसीले ४५६ र गुरुङले ४१८ मत पाएर विजयी भएका हुन् । सचिवमा विजयी केसी मादी गाउँपालिकाका जनप्रतिनिधि हुन् । उनी कास्की १ (ख) का निवर्तमान सचिव र नेविसंघको पूर्व केन्द्रीय सदस्य पनि हुन् । पार्टीको सहसचिवमा सुजता गुरुङ मोती गिरी विजयी भएका छन् । गुरुङले ३७१ मत पाएर छन् भने गिरीले ३४५ मत प्राप्त गरेकी छन् । त्यसैगरी कास्की क्षेत्र नं. २ को सभापतिमा केशव प्रसाद निर्दोषी विजयी भएका छन् । उनले २४७ मत पाएर विजयी भए भने प्रत्यासी पुण्डरी प्रसाद बरालले २३० मत प्राप्त गरेका छन् ।
सचिवमा देवकृष्ण पराजुली २३० र महेन्द्र अधिकारी २२६ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा भावना पाण्डे २३७ र विश्वराज आचार्य २०२ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी, शारदाराज चालिसे र विष्णु सिग्देल विजयी भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गण्डकी प्रदेशका कानुन मन्त्री विन्दुकुमार थापाले सबैभन्दा धेरै मत ल्याएर विजयी भएका छन् । उनले ३६१ मत ल्याएका छन् । यसैगरी नेता देवराज चालिसेले ३२३ मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशका भौतिक,योजना तथा पुर्वाधार मन्त्री कुमार खड्का २८८ मत प्राप्त गरेर विजयी भएका छन । यसैगरी नेताहरु वीरेन्द्र नारायण बिजुक्छेले २६२, शोभियतबहादुर अधिकारीले २२१, विश्वराज आचार्यले २००, माधवप्रसाद बाँस्तोला मधुले १९८, ऋषिराम काफ्लेले १७८, गुरु बरालले १८० र अर्जुन पोखरेलले १६४ मत प्राप्त गरी विजयी भएका छन । कास्की २ मा २५ प्रतिनिधिका लागि ६२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
महिला खुला प्रतिनिधिमा जिल्ला कोषाध्यक्षसमेत रहेकी नेतृ लक्ष्मी पाण्डे विजयी भएकी छन् । उनले २७१ मत प्राप्त गरेकी छन् । यसैगरी जिल्ला सहसचिव रंगीला आचार्यले २३७, नम्रता बरालले २१८ र कुमारी मुना बाँस्तोलाले १८३ मत प्राप्त गरी प्रतिनिधिमा विजयी भएका छन् । यस्तै, खस आर्य महिलामा कोपिला तिवारी २४७, र मिलन थापाले २४५ मत प्राप्त गरी विजयी भएका छन् । खसआर्य खुलामा किरण केसी ३५७, मुकुन्द बाँस्तोला ज्वाला २१०, मदन बस्नेत १६३ मत प्राप्त गरी विजयी भए । खुला १० पदमा २५ नेता चुनावी प्रतिस्पर्धा गरेका थिए । यता, आदिवासी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३२१ र सुनयना पालिखे २१४ मत पाएर विजयी भएका छन। खुलामा आशिक गुरुङ १४९ र निर्मल प्रसाद कर्माचार्य १५४ मत प्राप्त गरी विजयी भए । यसैगरी दलित खुलामा अर्जुन कुमार विक १९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी भएका छन् । रातोपाटी ।