Home समाचार पृथ्वीसुब्बा गुरूङ समूहले समर्थन जनाएपछि एमाले पोखराको अध्यक्षमा दिलिप न्यौपाने सर्वसम्मत

पृथ्वीसुब्बा गुरूङ समूहले समर्थन जनाएपछि एमाले पोखराको अध्यक्षमा दिलिप न्यौपाने सर्वसम्मत

by ईलालटिन
0 comment

पोखरा ।  नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। महानगर कमिटी अध्यक्षका अन्य ४ जना उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत भएका हुन्। अध्यक्षका लागि तेजनारायण अधिकारी, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठी र दीपक पौडेल उम्मेदवार थिए। उनीहरूलाई प्रदेश कमिटी र अन्य स्थानमा जिम्मेवारी दिने गरी सहमति गरेको अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए।

अध्यक्षमा सर्वसम्मत बनेका न्यौपाने अनेरास्ववियुका केन्द्रीय सदस्य, तत्कालीन पश्चिमाञ्चल ब्युरो प्रमुख, एमाले जिल्ला कमिटीका विद्यार्थी फाँटका इन्चार्ज र पोखरा नगर कमिटीका सचिव भएर काम गरिसकेका छन्। अध्यक्षका आकांक्षी धेरै भएकाले अधिवेशन मंगलबार सुरू भए पनि बिहीबारमात्र अध्यक्षमा न्यौपाने सर्वसम्मत भएका हुन्। अध्यक्षका उम्मेदवारमा न्यौपाने केन्द्रीय सदस्य खगराज अधिकारीनिकट हुन्। उनलाई केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरूङ समूहले समर्थन जनाएपछि अध्यक्षमा सर्वसम्मत बनेका हुन्। महानगर कमिटीका पदाधिकारी र सदस्यमा समेत सर्वसम्मत बनाउन छलफल भइरहेको एमाले कास्कीले जनाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com