Home बुलेट न्युज विद्युतको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विद्युतको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

by ईलालटिन
0 comment

रौतहट । आफैंले चलाएको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर रौतहटमा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । चन्द्रपुरबाट घर जाने क्रममा दुर्घटनामा परेर समाजवादी विद्यार्थी युनियन रौतहट जिल्लाका उपाध्यक्ष गरुडा, महम्मदपुरका २५ वर्षीय अभय यादवको मृत्यु भएको हो ।

यादवले चलाएको मोटरसाइकल गौर–चन्द्रपुर सडकखण्डको बसन्तपुर एरियामा गएराति ११ बजे अनियन्त्रित भएर सडक छेउको विद्युत पोल-मा ठोक्किएको थियो । सोही मोटरसाइकलमा सवार गरुडा–४ का ३० वर्षीय नवलकिशोर पटेल भने घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए । घाइते पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com