काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनमा १५३६ जना प्रतिनिधि चयन गर्ने भएको छ। बिहीबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। प्रतिनिधि ३ खालका हुनेछन्। केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरू उहाँहरू पदेन प्रतिनिधि हुनुहुन्छ।
यस्तै विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट ११९६ प्रतिनिधि चयन गर्छौं’, उनले भने,’ पदेनबाट २६२ जना र यसको ५ प्रतिशतले हुने मनोनयले गरेर मोटामोटी १५३६ प्रतिनिधि चयन गर्नेछौं। उनले ५१ प्रतिशत प्रतिनिधि संख्या समावेशी हुने बताए। ३३ प्रतिशत महिला अतिरिक्त आदिवासी जनजाति, थारू, मधेशी मुस्लिम, पिछडिएको क्षेत्रसहितको क्लष्टर छुटाएका छौं। ती सबैबाट ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुला गरेर प्रतिनिधि चयन गर्ने निर्णय भएको छ,’ उनले भने। उक्त प्रस्ताव भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने उनले जानकारी दिए। सेतोपाटी ।