Home विशेष विराटनगरमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन बन्ने

विराटनगरमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन बन्ने

by ईलालटिन
0 comment

काठमाडौं । विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ। विराटनगर-९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ। विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उपउपप्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।परियोजनाको काम आगामी तीन महिनाभित्र सुरू गरिने बताइएको छ। स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ।

प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रूपमा रहेको यस सहर आर्थिक रूपमा सवल बन्ने विश्वास व्यक्त गरे। विराटनगर महानगरका प्रमुख पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट सहर थप गतिशीलरूपमा स्थापित हुने विचार राखे।उक्त भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली-२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही निर्माण सम्पन्न गरिने भएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com