Home समाचार सिके राउतको पार्टीले प्रदेश २ को अख्तियार घेराउ गर्ने

सिके राउतको पार्टीले प्रदेश २ को अख्तियार घेराउ गर्ने

by ईलालटिन
0 comment

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ । प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन सो घेराउ कार्यक्रम आयोजना गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।  उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।

घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटीका सदस्य, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने उनले बताए । बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । छापा मारेको विरोधमा जनता समाजवादी पार्टी नेपालले जुलुस निकालेको थियो । सिके राउतको पार्टीले भने मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेकोे छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com