Home राजनीति कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै

कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ। वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका जिल्लाहरूमा आज प्रतिनिधि सभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन हुँदैछ। साथै महाधिवेशन प्रतिनिधिका लागि पनि आज चुनाव हुँदैछ।

प्रतिनिधि सभा क्षेत्रबाट २४ जना र क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। तिनै महाधिवेशन प्रतिनिधि मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनका मतदाता हुन्। एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि एकैदिन अधिवेशन गर्ने तयारी कांग्रेसको छ।

एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका ठाउँमा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् तर एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा भने महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँछन्।

कांग्रेसले यही असोज १८ मा २१ वटा हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्दैछ। त्यसका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन भइसकेका छन् भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन आजदेखि छ।  कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा र पालिका अधिवेशन गरेको छ। अरू जिल्लामा पनि तल्ला तहका अधिवेशन सकेर दसैं-तिहार तथा छठलगत्तै पालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन गर्ने तयारीमा कांग्रेस छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com