Home समाचार देउवाको गृह जिल्लामा कांग्रेस असन्तुष्ट पक्षले सुरू गरे रिले अनसन

देउवाको गृह जिल्लामा कांग्रेस असन्तुष्ट पक्षले सुरू गरे रिले अनसन

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसले रिले अनसन सुरू गरेको छ। जिल्ला सभापति कर्णबहादुर मल्ललगायत पक्षधरले वडा अधिवेशन बदर गर्न माग गर्दै आजदेखि पार्टी कार्यालयमा धर्ना दिएका हुन्।

हटाइएका क्रियाशील सदस्यता कायम गर्न र अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्न उनीहरूले माग गरेका छन्। साथै गत भदौ २५ मा भएको वडा अधिवेशन बदर गर्न उनीहरूको माग छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको विरोधबीच नै देउवा पक्षधरले डडेल्धुरामा वडा अधिवेशन गरेका थिए। उनीहरूले वैधानिक वडा अधिवेशनको मितिसमेत तय गर्न माग गरेका छन्। डडेल्धुरामा तलबाट पठाइएका क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाट सभापति देउवा पक्षले नयाँ नाम थपेको भन्दै पौडेल पक्ष विरोधमा छ।

वरिष्ठ नेता पौडेलले पनि काठमाडौंमा केही दिनअगाडि पत्रकार सम्मेलन गर्दै डडेल्धुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिलाई आग्रह गरेका थिए। पौडेलसहित नेताले निर्वाचन समितिमा पत्र नै दिएर यसबारे ध्यानाकर्षणसमेत गरेका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com