Home राजनीति गाउँ/नगर अधिवेशन असोज ९ मै गर्ने कांग्रेसको निर्णय

गाउँ/नगर अधिवेशन असोज ९ मै गर्ने कांग्रेसको निर्णय

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन यही असोज ९ गते गर्ने भएको छ। वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको हो।

प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए।‘वडा अधिवेशन सकिएका ठाउँमा असोज ९ मा पालिका अधिवेशन हुन्छ,’ शर्माले भने, ‘अन्य तहको अधिवेशन निर्वाचन समितिले आवश्यकताअनुसार टुंगो गर्छ। कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज अपरान्ह संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो।

वडा अधिवेशन हुन नसकेका प्रदेश नम्बर २ का आठै जिल्ला र कैलालीलगायत विभिन्न जिल्ला गरी कूल १३ जिल्लामा भने निर्वाचन समितिले कहिले अधिवेशन गर्ने भन्ने टुंगो लगाउनेछ। क्रियाशील सदस्यता विवाद पनि असोज ९ भित्रै सक्ने प्रवक्ता शर्मा बताउँछन्। क्रियाशील विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र रमेश लेखकले टुंग्याउनेछन्। यो समितिले विवाद समाधान गरेका जिल्लाको क्रियाशील सदस्यताको सूची पनि निर्वाचन समितिले सार्वजनिक गरेको छैन। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com