Home समाचार वैदेशिक सहायता नेपालको आवश्यकता र प्राथमिकताअनुसार खर्च हुन्छ: प्रधानमन्त्री

वैदेशिक सहायता नेपालको आवश्यकता र प्राथमिकताअनुसार खर्च हुन्छ: प्रधानमन्त्री

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको उल्लेख गरेका थिए।

प्रधानमन्त्री देउवाले विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद, कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न तथा भूकम्प पछिको पुनर्निर्माणलगायत क्षेत्रमा गरेको सहयोगका लागि उपाध्यक्ष सेफरलाई धन्यवाद दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए। विश्व बैंकको सहयोगमा हाल नेपालमा दुई दर्जन बढी विभिन्न आयोजना सञ्चालित छन्।

उनले विगतमा नेपालको कार्यक्षेत्र मात्र हेर्ने गरी विश्व बैंकको कार्यालय स्थापना भएकामा गत वर्षदेखि नेपाल, भूटान र श्रीलङ्काको समेत कार्यक्षेत्र हेर्ने गरी उपक्षेत्रीय कार्यालयमा स्तरोन्नति गरिएकामा खुसी व्यक्त गरेका थिए। प्रधानमन्त्री देउवाले नेपाल सरकार सुशासनप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जलवायु परिर्वतनको प्रभाव न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र आगामी दिन वातावरण सुधारका लागि थप व्यवस्थित रूपमा कार्य अघि बढाउने गरी प्रणालीको विकास गरेकोसमेत अवगत गराएका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com