Home समाचार बल्छीमा परेको सर्पजस्तै माछा टोक्दा गयो ज्यान

बल्छीमा परेको सर्पजस्तै माछा टोक्दा गयो ज्यान

by ईलालटिन
0 comment

दाङ । दाङमा अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका थिए ।

माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई  लमही अस्पतालमा पु¥याएपनि चिकित्कसले  मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको बताए ।

घर्ती शनिबार दिउँसो श्रीमतीका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि  बाहिर तानेका थिए । तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए ।

उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पु¥याएकी थिइन् । ‘ अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरिक्षक पौडेलले भने ‘ त्यस बीचमा घर्तीको मृत्यु भइसकेको थियो । प्रहरी निरिक्षक पौडेलले मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्ट आए पछि खुल्न बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com