Home Vlog सभापति लड्नेमा मिलन कति सिरियस ? 

सभापति लड्नेमा मिलन कति सिरियस ? 

by ईलालटिन
0 comment

नेपाली काँग्रेसको चौधौँ केन्द्रीय महाधिवेशनको मिति टुङ्गिएको छ । काँग्रेस पार्टीमा आस्था राख्ने गाउँ तह देखि जिल्ला हुँदै केन्द्र सम्मका नेता तथा कार्यकर्ताहरू उत्साहित बनेका छन् । यस महाधिवेशनले खिया परेर अड्केर बिग्रेर बसिरहेका पात्र र तीनका बिचारहरूलाई बिदाइ गर्दै धारिलो, लगाऊ र चलायमान पात्र र तिनका बिचारहरू स्थापित हुनेमा आमजनताहरू आशावादी छन् ।

अबको महाधिवेशनमा वडा, जिल्ला हुँदै केन्द्र सम्मै युवाहरूको हस्तक्षेपकारी भूमिका रहन सक्नुपर्छ । मैदानमा ६० नाघेका नेताहरूको पछि उभिएर जर्वजस्ती ठेल्दै अघि बढाउन खोज्ने होइन । साहस गरेर आफै रिङमा उत्रने हो । हारजित पछिका कुरा हुन् । युवा आउनु पर्छ भन्नुको बुझाई चाहिँ पुराना नेताहरूको अपमान होइन । त्यसतै विचार र विवेक बन्दकी राख्ने देखि स्वार्थमा बिक्नेहरू युवा हुन सक्दैनन् ।

महाधिवेशन अघिको यस प्रहरलाई हेर्ने हो भने नेतृत्वमा पुग्ने हुटहुटी सहित अघि बढेका युवाको जमात बाक्लै देखिन्छ । तर, उनीहरू आफैमा स्पष्ट चाहिँ छैनन् । बार्गेनिङबाट  हात थापेर दिएको पद लिएर पछि हट्ने कि साँच्चीकै उम्मेदवार बनेर लज्जास्पद हार पनि स्वीकार्य छ, भन्दै रिङमा भिड्ने ! धेरैले चाहिँ बार्गेनिङबाट  हात थाप्ने र दिएको पद लिएर पछि हट्ने मनस्थिति बनाइरहेका हुन्छन् ।

पर्वतको काँग्रेस राजनीतिमा पनि बार्गेनिङ शब्द निकै चर्चित छ । हात्तीहरूको चलखेलमा पदहरू किनबेच हुन्छन् भन्ने आरोप पनि त छ ।  हुन त हाम्रो देशको राजनीतिक चरित्र पनि बार्गेनिङ (लेनदेन) मै टिकेको छ । महाधिवेशनको मिति घोषणा पूर्व नै आफूलाई जिल्ला सभापतिका उम्मेदवार घोषणा गरेका मिलन सुवेदीलाई मेरो प्रश्न थियो—‘तपाई किन बार्गेनिङका लागि हैसियत भन्दा अग्लो पदमा दावा गर्नुहुन्छ ?’ उनले आफू सिरियस रूपमै सभापति पदमा लड्ने र कुनै मूल्यमा पछि नफर्कने जवाफ दिएका थिए । ‘मेरो उम्मेदवारीलाई लिएर गाउँ गाउँमा खुसीयाली छाएको छ’, उनले भने, ‘मलाई अर्जुन जोशी, नवराज गुरुङ, ऋषि केश तिवारी लगायत सबै अग्रज नेताहरूको सहयोग छ ।

पर्वतको काँग्रेस राजनीतिमा पनि बार्गेनिङ शब्द निकै चर्चित छ । हात्तीहरूको चलखेलमा पदहरू किनबेच हुन्छन् भन्ने आरोप पनि त छ ।  हुन त हाम्रो देशको राजनीतिक चरित्र पनि बार्गेनिङ (लेनदेन) मै टिकेको छ । महाधिवेशनको मिति घोषणा पूर्व नै आफूलाई जिल्ला सभापतिका उम्मेदवार घोषणा गरेका मिलन सुवेदीलाई मेरो प्रश्न थियो—‘तपाई किन बार्गेनिङका लागि हैसियत भन्दा अग्लो पदमा दावा गर्नुहुन्छ ?’ उनले आफू सिरियस रूपमै सभापति पदमा लड्ने र कुनै मूल्यमा पछि नफर्कने जवाफ दिएका थिए । ‘मेरो उम्मेदवारीलाई लिएर गाउँ गाउँमा खुसीयाली छाएको छ’, उनले भने, ‘मलाई अर्जुन जोशी, नवराज गुरुङ, ऋषि केश तिवारी लगायत सबै अग्रज नेताहरूको सहयोग छ ।’

सुवेदीको सभापति उम्मेदवारीलाई लिएर अधिकांश काँग्रेसीहरू सिरियस छैनन् । धेरैले पदको बार्गेनिङ बाहेक अरू केही नभएको बताएका छन् । सुवेदीले चाहिँ आफ्नो बार्गेनिङ भनेको सभापतिमा मात्रै भएको बताउँदै हिँडिरहेका छन् । सुबेदीले पर्वतमा १० वर्ष नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा रहेको कुरालाई प्रमुख बायोडाटाका रूपमा अघि सारेका छन् । उनले  दुई वटा गुटमा रहेको नेविसंघलाई आफूले एक ढिक्का बनाएर अघि बढ्न सफल भएको बताउँछन् ।

तर उनी सँगै विद्यार्थी राजनीति यात्रा सुरु गरेका नेताहरूले चाहिँ सुवेदीलाई नेविसंघ ध्वस्त बनाएर पोखरा भागेको आरोप लगाउँछन् । दर्श वर्ष एउटै पद ओगटेर पर्वत छाड्नेले अहिले आएर सभापतिमा उम्मेदवारी दिँदै हिँड्नु गलत भएको उनका सहयोद्धाहरूको तर्क छ । जिल्लाका अघिल्ला पुस्ताका नेताहरूले सुवेदीको सभापति उम्मेदवारीलाई फगत पदको बार्गेनिङ बाहेक अरू केही नभएको दाबी गर्छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीको नजिकमा रहेका उनलाई अझै  कतिले त जोशीकै डिजाइनमा अघि बढाइएको भन्न समेत छाडेनन् ।

उमेरले ३६ वर्ष पुगेका सुवेदीको उम्मेदवारीलाई लिएर खुसी हुनेहरू नभएका चाहिँ होइनन् । सम्भवतः जिल्लामा अन्य सभापतिका आकाङक्षीहरु  भन्दा सुबेदी कम उमेरका छन् । २०६५ सालमा विन्दवासिनी संस्कृत क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भइसकेका उनी अब जिल्ला सभापति बन्ने सपना बुनेका छन् । ‘मेरा उमेर समुहकाहरु अब नेतृत्वमा आउनु पर्छ । धेरै ठाउँमा नेविसंघको नेतृत्व सम्हालेकाहरू पार्टीको सभापति भएका उदाहरणहरू छन्’, उनले भने, ‘पुरानो पुस्ताहरूलाई बरु प्रदेश र सङ्घमा मौका दिनुपर्छ ।’

उनको पार्टी सभापति उम्मेदवारीलाई लिएर कोही कसैले सिसियस लिए पनि नलिए पनि स्वयं सुवेदीले चाहिँ सिरियस लिन सक्नुपर्छ । एक छिन रमाइलोका लागि वा सस्तो लोकप्रियता बटुल्न मात्र उद्धत देखिएका हुन् भने उनकै लागि ब्याकफायर हुनेछ । गुटगत राजनीतिको अन्त्यका लागि पनि आफ्नो उम्मेदवारी बताएका सुवेदीले साँच्चीकै गुट अन्त्यका लागि थालनी गर्छन् कि आफ्नै राजनैतिक इमान्दारीताको अन्तेष्टी गर्छन्, देख्न बाँकी छ ।

उनको पार्टी सभापति उम्मेदवारीलाई लिएर कोही कसैले सिसियस लिए पनि नलिए पनि स्वयं सुवेदीले चाहिँ सिरियस लिन सक्नुपर्छ । एक छिन रमाइलोका लागि वा सस्तो लोकप्रियता बटुल्न मात्र उद्धत देखिएका हुन् भने उनकै लागि ब्याकफायर हुनेछ । गुटगत राजनीतिको अन्त्यका लागि पनि आफ्नो उम्मेदवारी बताएका सुवेदीले साँच्चीकै गुट अन्त्यका लागि थालनी गर्छन् कि आफ्नै राजनैतिक इमान्दारीताको अन्तेष्टी गर्छन्, देख्न बाँकी छ ।

शङ्का र सम्भावनालाई एका पट्टी राखेर भन्ने हो भने मिलन सुवेदीको उम्मेदवारीले पर्वतको काँग्रेस राजनीति वृत्तमा एउटा अर्थपूर्ण बहसको सुरुवात गरिदिएको छ । यहाँको अधिकांश काँग्रेसी नेताहरू दया भावमा अघि बढेका देखिन्छन् । आफ्ना चाहना, भावना र विचारहरू खुलेर राख्न नसक्ने, सधैँ दयामा पद प्राप्त गर्न खोज्ने प्रवृत्तिको विकल्पका रूपमा मिलन सुबेदीको उम्मेदवारीलाई सिरियसली हेरिन सक्नुपर्छ ।

अन्तिममा, फेरि दोहो¥याउन चाहेँ, गुटगत राजनीतिको अन्त्यका लागि पनि आफ्नो उम्मेदवारी बताएका सुवेदीले साँच्चीकै गुट अन्त्यका लागि थालनी गर्छन् कि आफ्नै राजनैतिक इमान्दारीताको अन्तेष्टी गर्छन् । अथवा बार्गेनिङबाट  हात थापेर लुरुक्क दिएको पद लिएर पछि हट्छन् कि साँच्चीकै उम्मेदवार बनेर लज्जास्पद हार पनि स्वीकार्य छ, भन्दै रिङमा भिड्ने हिम्मत गर्छन् । हेर्न बाँकी छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com