काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औं स्वतन्त्रता दिवसमा आठौं पटक लाल किलामा झण्डा फहराएपछि देशलाई सम्बोधन गरे । मोदीले स्वतन्त्रता सेनानीलाई नमन गर्दै आफ्नो कुरा सुरु गरे । यतिबेला उनले पण्डित जवाहर लाल नेहरुलाई पनि स्मरण गरे ।
मोदीले आफ्नो ९० मिनेटको भाषणमा दुई ठूला घोषणा गरे । यसमा १०० लाख करोड भारुको गति शक्ति योजना र छोरीका लागि देशमा सैनिक स्कूल खोलिने घोषणा समावेश छन् । मोदीले सय लाख करोडको गति शक्ति योजनाबारे घोषणा गर्दै भने, ‘जसरी नयाँ एयरपोर्ट बनिरहेका छन्, उडान योजनाले विभिन्न स्थानलाई जोडिरहेका छन्, यो अभूतपूर्व छ । उत्कृष्ट कनेक्टिभिटीले मानिसहरुको सपनालार्य नयाँ उडान दिइरहेको । गति शक्तिको नेशनल मास्टर प्लान हामी तपाईंको अगाडि ल्याउनेछौं । सय लाख करोडभन्दा पनि बढीको योजनाले लाखौं जवानका लागि रोजगार ल्याउनेछ ।
गति शक्ति देशका लागि यस्तो राष्ट्रिय परियोजनाको मास्टर प्लान हुनेछ जसले देशको अर्थतन्त्रलाई एकीकृत मार्ग प्रदान गर्नेछ । गति शक्तिले सबै सडकका कठिनाई हटाउनेछ । सामान्य व्यक्तिको यात्राको समयमा कमी आउनेछ, उत्पादकलाई मद्दत मिल्नेछ । अमउत कालको यो दशकमा गतिको शक्ति भारतको कायाकल्पको आधार बन्नेछ ।’