Home समाचार अफगानिस्तानबाट नेपालीको उद्धार नगरे संसद् चल्न नदिने एमालेको चेतावनी

अफगानिस्तानबाट नेपालीको उद्धार नगरे संसद् चल्न नदिने एमालेको चेतावनी

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् । प्रतिनिधि सभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ । त्यहाँका नेपालीलाई सरकारले फर्काएर नल्याएसम्म संसदमा हामी काम गर्न दिदैनौँ । उनीहरुलाई सुरक्षित रुपमा नेपाल अवतरण गराइयोस्, यही माग गर्दछु । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com