Home समाचार ‘देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री’

‘देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री’

by ईलालटिन
0 comment

काठमाडौं ।  बागमती प्रदेशबाट स्वतन्त्र हैसियतमा निर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले  प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको दावी गरेका छन् । उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् । जनताको अभिमतबाट निर्वाचित १४९ सांसदले शशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटन गरेका कारण न्यायका लागि उनीहरु अदालत भएको देवकोटाको भनाइ छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com