लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५स्४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्प ५।८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा। लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पले बेसिशहर नगरपालिका(६ चनौटेमा घर भत्किदा उमा गुरुङ घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।
कोरोनाको डरमा बसेका मानिस भूकम्प गएपछि भुलभुले आसपास क्षेत्रका सर्वसाधारण थप त्रसित बनेका छन् ।