पर्वत सदरमुकाम कुश्मा देखि केही मिनेटको दुरिमा रहेको ज्ञादीफाँट पुगेर ८२ वर्षिय भोलानाथ अधिकारीसँग सामान्य जिवनका रंगहरुको बारेमा चर्चा गरेका छौँ । केहि दिन पहिले हामीसँग अचानक भेटिएका शर्माले कविता बाचन पनि गरेका थिए । त्यतिबेला हाम्रो ब्यस्तताका कारण उनले इच्छाए बमोजिम क्यामरामा कैद गनै सकेनौँ । फेरि कुनै दिन आउँछौ र तपाईलाई क्यामरामा कैद गर्छौ भनेर फर्किएका थियौँ । त्यही बाचा अनुरुप हामी भोलानाथ अधिकारीलाई भेट्यौँ । उनीसँगको अन्तरंग कुराकानीमा हरायौँ । यो उहाँ प्रतिको सम्मानका रुपमा हामीले लिएका छौँ ।