Home समाचार सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

by ईलालटिन
0 comment

सुर्खेत  । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ ।जिल्लाका ६०  केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको हो ।स्वास्थ्य सेवा कार्यालयका अनुसार पहिलो चरणमा फागुन २३ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा तथा दोस्रो चरणमा फागुन २६ देखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कार्यालय प्रमुख चेतननिधि वाग्लेले खोप अभियानका लागि २५६ भन्दा बढी स्वास्थ्यकर्मी, ६०० स्वयंसेवक र चिकित्सकसहितको चार टोली परिचालन हुने बताए ।त्यस्तै पहिलो चरणमा गत माघ १४ गतेदेखि हालसम्म सुर्खेतमा सात हजार ४७५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकालाई वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाइएको छ ।सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ । तीन जना नेपालगञ्ज तथा काठमाडौँका अस्पतालमा मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । रातोपाटी  ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com