Home समाचार फेवाताल किनारमा थुप्रिएको माटो निकाल्न शुरु

फेवाताल किनारमा थुप्रिएको माटो निकाल्न शुरु

by ईलालटिन
0 comment

पोखरा । फेवाताल किनारामा थुप्रिएको माटो निकाल्न शुरु गरिएको छ । फेवातालको बाँध मर्मत सम्भारका लागि पानीको सतह घटाएको मौका पारेर गण्डकी प्रदेश सरकारको अगुवाईमा माटो निकाल्न थालिएको हो ।वातावरण मन्त्रालयको संयोजनमा, पोखरा महानगरपालिका र अन्य कार्यालयको समन्वयमा फेवाताल छेउमा थुप्रिएको माटो निकाल्ने कार्यको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले थालनी गरे । ताल किनारमा देखिएको लेदो माटो, फोहोरमैला लगायतका बस्तु निकाल्नका लागि गठन गरिएको समितिले फिर्केखोलाको अन्तिम बिन्दु गाइघाटबाट माटो निकाल्न शुरु गरेको छ ।फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुङ्गा, गिट्टी, बालुवा, प्लास्टिक लगायतका थुप्रिए बस्तु निकाल्न शुरु गरिएको पर्यटन मन्त्री लम्सालले जानकारी दिए ।  उनले फेवातालमा २९ वटा साना खोला आउने फोहोरलाई व्यवस्थापन गर्न लागेको बताउँदै तालको सौन्दर्यकरणमा सबैले साथ दिन आग्रह गरे ।फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले फेवातालमा मिसिएको माटो १५ दिनभित्र निकाल्ने लक्ष्य रहेका जानकारी दिए ।‘फेवातालबाट अहिले करिब १५ हजार घनमिटर माटो निकाल्ने योजना छ,’ उनले भने । ‘ताल किनारामा माटो ठाउँ अनुसार एकदेखि तीन मिटर गहिराई सम्म निकालिने छ ।’

तालबाट निकालिएको माटो वसुन्धरा पार्क र कोमागाने पार्कमा रहेका खाल्डाखुल्डी पुरिने उनले बताए ।फेवातालको बाँध मर्मत सम्भारको लागि पानीको सतह घटाएपछि नागरिकस्तरबाट ताल किनारामा थुप्रिएको माटो र फोहोर निकाल्नका लागि स्थानीयले माग गर्दै आएका थिए ।फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो मिसिने गरेको सरकारी तथ्याङ्क छ । वर्षेनी तालको किनारामा माटो थुप्रिदै गएका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढिरहेको छ ।फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तालको क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात् ५.७२६ वर्ग किलोमिटर रहेको सार्वजनिक गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com