Home समाचार प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने

by ईलालटिन
0 comment

काठमाडौं । निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनसम्बन्धी समग्र विषयहरुमा छलफल गर्न प्रधानमन्त्रीसहितको टोली निर्वाचन आयोग जान लागेको ओली समुहका नेता सुवास नेम्वाङले जानकारी दिए । ‘प्रधानमन्त्रीसहित हामीहरु ११ बजे आयोग पुग्छौँ, निर्वाचनबारे समग्र विषयमा छलफल हुन्छ,’ नेम्वाङको भनाइ छ ।नेकपामा देखिएको विवादबारे छलफल गर्न निर्वाचन आयोगले ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५–५ जना नेतासहित आयोग आउन भनेको थियो । आयोगले दुवै अध्यक्षलाई बोलाएपनि दुवै पक्षले प्रतिनिधि मात्र पठाएका थिए ।त्यसपछि नेकपाको आधिकारिकता दाबी गर्न नेकपा प्रचण्ड माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू आयोग पुगेर राजनीति दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com