Home समाचार सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं । झापा र सप्तरी र इलामका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार मध्याह्न राति साढे १२ बजे सप्तरीको खडक नगरपालिका-१ बनौलीस्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।प्रदेश २-०१- ००१- प ६१४६ नम्बरको मोटरसाइककल अनियन्त्रित भई दुर्घटना भएको सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।उनका अनुसार मोटरसाइकलमा तीन जना थिए। मृत्यु हुनेमा खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ को अरविन्द यादवको मृत्यु भएको हो।मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुनिलकुमार चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ। उनको छिन्‍नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको साहले बताए।

यस्तै, बुधबार बेलुका झापा झापा कचनकवल-१ का ३२ वर्षीय नन्दलाल राजवंशीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।बेलुका पौने ७ बजे झापा बाह्रदशी-३ मा मे७प ७९६७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक  राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।यसैगरी, इलाम माइजोगमाई-४ हातिटारस्थित भित्री सडकमा ट्याक्कर दुर्घटना हुँदा त्यसका चालक ४५ वर्षीय राजु धमलाको मृत्यु भएको छ।बुधबार साँझ ५ बजे प्रदेश नं. ३-०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाइरहेका धमला ब्रेक लगाउने क्रममा उनी आफैं ट्याक्टरबाट लड्दा गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका धमलाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com