Home बुलेट न्युज कोरोनाभाइरस : काठमाडौंका १ सहित थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

कोरोनाभाइरस : काठमाडौंका १ सहित थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

by ईलालटिन
0 comment

काठमाडौं । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ ।

उनका अनुसार बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । रातेपाटीबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com