Home none विदेशबाट नेपाल आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिन राखिने

विदेशबाट नेपाल आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिन राखिने

by ईलालटिन
0 comment

काठमाण्डौँ । विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको जानकारी दिए।क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने उनले बताए।

सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन। तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com