Home समाचार कोरोनाको उपचारमा प्लाज्मा लिन/दिन सघाउने वेवसाइट

कोरोनाको उपचारमा प्लाज्मा लिन/दिन सघाउने वेवसाइट

by ईलालटिन
0 comment

काठमाण्डौ । कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि चाहिने प्लाज्मा उपलब्ध गराउने कार्यमा झापाको क्लिक माइन्ड इन्डेक्स एनपीले सहयोग गर्ने भएको छ।प्लाज्मा चाहिएका र दिन चाहनेहरूबीच सम्पर्क गराउने गरी क्लिक माइन्डले बुधबारदेखि सेवा सुरू गरेको जनाएको छ।प्लाज्मा दिने र चाहिनेहरूले क्लिक माइन्डले सञ्चालनमा ल्याएको http://indexnp.eclickmind.com/index नामक वेवसाइटमा जानुपर्नेछ।

मानिसहरूले फेसबुक ग्रुपलगायतमा प्लाज्मा चाहिएको भन्दै सहयोग गर्न आग्रह गरेपछि आफूहरूले वेवसाइट नै सञ्चालनमा ल्याएको क्लिकमाइन्डका संस्थापक अजय खड्काले सेतोपाटीलाई बताए।‘कसैले प्लाज्मा दिन चाह्यो भने वेवसाइटमा गएर डोनेटमा क्लिक गर्नुपर्छ। ब्लड ग्रुप मिल्ने छ भने फोन नम्बरसहित प्लाज्मा चाहिएका व्यक्तिसँग सम्पर्क गराइदिन्छौं,’ उनले भने।

आफूहरूले ५० केजी तौलमाथिका मानिसले प्लाज्मा दिन चाहे मात्रै वेवसाइटमा इन्ट्री गराउने गरेको उनले बताए।प्लाज्मा चाहिने व्यक्तिले पनि वेवसाइटभित्र गएर रिक्वेस्ट क्लिक गरेर फारम गर्नुपर्छ।‘प्लाज्मा दिने र लिनेबीच सहयोगीको भूमिका हामीले खेल्न लागेको हो,’ उनले भने।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com