Home समाचार कोरोना कहरबीच गुल्मीमा नागरिकता लिनेको भीड

कोरोना कहरबीच गुल्मीमा नागरिकता लिनेको भीड

by ईलालटिन
0 comment

गुल्मी ।  जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेहरुको भीड लागेको छ।

मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयबाट १०७ जनाले नयाँ नागरिकता लिएको र ३७ जनाले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत उद्धव पन्थीले जानकारी दिए।

कात्तिक १२ गतेदेखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ३७४ जनाले नयाँ नागरिकता, ११० जनाले नागरिकताको प्रतिलिपि, ५९ जनालाई पासपोर्ट वितरण, ३६ जनाको द्रुत सिफारिस र १०२ जनाको सामान्य सिफारिस भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। यस्तै, ४७ जनलाई दलित प्रमाणित र ७५ जनालाई जनजाति प्रमाणित गरिएको छ।

अघिल्ला वर्षहरुमा दशैँ तिहारमा जिल्लाभन्दा बाहिर बसोबास गर्नेहरु आउँदा भीडभाड हुने गरेपनि यस वर्ष जिल्लामै रहेकाले सेवा लिइरहेको प्रशासनले जानकारी दिएको छ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com