चीन र ताइवानबीचको विवाद हाल चर्किएको छ। त्यसमाथि अमेरिकी स्वास्थ्यमन्त्रीले गतहप्ता ताइवानको चारदिने भ्रमण गरेपछि चीन ताइवानसँग निकै रुष्ट बनेको छ।
चीनले टापू राष्ट्र ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ।
ताइवान चीनबाट अलग्याउन खोज्नेबाट खतरा बढेको भन्दै चीनका राष्ट्रपति सी चिनफिङले केही समय अगाडि आफ्ना सेनलाई युद्धको लागि तयार हुन आदेश दिएका थिए।
चीनले ताइवान नजिकका तटीय क्षेत्रमा हतियारहरु पनि तैनाथ गर्न थालेको छ। यसबीचमा ताइवानले पनि रक्षात्मक गतिविधिहरु बढाएको छ।