Home विशेष धादिङमा स्कार्पियो दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

धादिङमा स्कार्पियो दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

by ईलालटिन
0 comment

काठमाण्डौँ । धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना हुँदा मंगलबार पाँच जना घाइते भएका छन्। बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा बिहान ८:४५ मा दुर्घटना भएको हो।प्रहरीका अनुसार घाइते हुनेमा नीलकण्ठ नगरपालिका-३ का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरा-सुन्दरी नगरपालिका-२ का ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, नीलकण्ठ नगरपालिका-७ का २४ वर्षीय विक्रम विश्वकर्मा, काभ्रे रोशी गाउँपालिका-३ का ३१ वर्षीय चन्द्रलाल प्वापी र नीलकण्ठ नगरपालिका-३ का ३८ वर्षीय आइत नेपाली छन्।

गम्भीर घाइते भएका श्रेष्ठ र खतिवडालाई एभरेष्ट एयरको हेलिकप्टरबाट काठमाडौं र आइत नेपालीलाई एम्बुलेन्समा काठमाडौं उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताए। श्रेष्ठ र खतिवडाको ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।घाइतेमध्ये श्रेष्ठ मुक्तिनाथ बैंक धादिङ शाखाका प्रमुख हुन्। उनीहरू सवार स्कार्पियो तीव्र गतिका कारण सडकबाट तल झरेको प्रहरीले जनाएको छ। अवस्था सामान्य रहेका अन्य दुईको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको तिमिल्सिनाले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com