Home समाचार आईसोलेशन र क्वारेन्टिनमा बसेका सशस्त्रका सकलदर्जालाई आईजिपीले भने–‘नआत्तिनु, संगठन साथमा छ ’

आईसोलेशन र क्वारेन्टिनमा बसेका सशस्त्रका सकलदर्जालाई आईजिपीले भने–‘नआत्तिनु, संगठन साथमा छ ’

by ईलालटिन
0 comment

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलैन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरुको निरीक्षण गर्दै आईसोलेशन र क्वारेन्टिनमा बसेका सकलदर्जासँग भेटेका छन् । महानिरीक्षक खनालले नम्बर–४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर–२३ मनकामना गण तनहुँ, नम्बर–२४ कालिका गण पोखरा, हुलदंगा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा गोरखा गुल्मको निरिक्षण गरे ।

निरिक्षणका क्रममा आईजिपी खनालले उच्च अनुशासन र इमान्दारिताका साथ जिम्मेवारी पुरा गर्न शसस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । खनालले आईसोलेशनमा बसेका कोरोना संक्रमित कर्मचारीलाई भेटर नआत्तिन आग्रह गर्दै आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागी संगठनले सक्दो कार्य गर्ने आश्वासन दिएका छन् ।

एकजना व्यक्तिको बद्मासिका कारण सिंगो संगठनको बद्नाम हुने गरेको उल्लेख गर्दै आईजिपी खनालले संगठनको बद्नाम हुने काम नगर्न र आदेशको पूर्ण पालना गर्न निर्देशन दिए । ‘सशस्त्र प्रहरी कर्मचारीका सन्ततीको गुणस्तरीय शिक्षाको लागी क्षेत्रिय तहमा विद्यालय स्थापना र स्वास्थ्य उपचारका लागी क्षेत्रीय स्तरमा अस्पतालको स्थापना गर्दैछौँ’ खनालले भने–‘कार्यक्षेत्रमा उच्च मनोवल राखेर काम गर्नु, विचलित हुनुपर्दैन्, संगठन तपाईंहरुको साथमा छ ।’ सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com