Home विश्व/प्रवास देशव्यापी लकडाउन लागू हुन केही घन्टाअघि पेरिस छाड्ने सवारीको जाम

देशव्यापी लकडाउन लागू हुन केही घन्टाअघि पेरिस छाड्ने सवारीको जाम

by ईलालटिन
0 comment

काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिएपछि देशव्यापी लकडाउन घोषणा भएको फ्रान्सका सडकमा सवारी साधनको व्यापक चाप देखिएको छ ।

दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडक भरिभराउ भएका हुन् । फ्रान्सेली सञ्चारमाध्यमले बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको जनाएका छन् ।

कोरोना भाइरसको दोस्रो महामारी नियन्त्रणका लागि आज मध्यरातबाट फ्रान्समा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको छ ।

सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन आग्रह गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोंले फ्रान्स कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलोभन्दा कडा हुनेमा सन्देह नरहेको बताएका छन् ।

फ्रान्समा गत अप्रिल महिनायता पहिलो पटक कोरोना भाइरस सङ्क्रमित र दैनिक मृत्यु हुनेको सङ्ख्या उच्च दरमा पुगेको छ।

फ्रान्समा पछिल्लो २४ घन्टामा ४७ हजार ६ सय ३७ जना नयाँ संक्रमित भएका छन् भने २ सय ५० जनाको मृत्यु भएको छ । लकडाउन सुरु भएपछि गाउँहरुमा बस्न पेरिस छाड्नेहरुको भीड बढेको फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन् ।

पेरिसमा लकडाउनको समय बिताउन मनोवैज्ञानिक रूपमा कठिन हुने भन्दै हावा स्वच्छ रहेका ग्रामिण क्षेत्रमा स्वतन्त्र महसुस हुने भएकाले पेरिस छाडेको उनीहरुको भनाई छ ।

गत मार्चमा पहिलो पटक लकडाउन लगाउँदा पनि यसरी नै ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिएका थिए। पेरिसमा सघन उपचारमा प्रयोग हुने ७० प्रतिशत शैय्याहरू सङ्क्रमितले भरिएका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com