Home बुलेट न्युज आजबाट दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि किन्न सकिने

आजबाट दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि किन्न सकिने

by ईलालटिन
0 comment

काठमाडौं । अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।

काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् ।

उपभोक्तालाई छुट

एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।

त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत ठाउँमा सहुलियत पसल हुने छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com