Home कला राज र शान्तीश्रीको “रुनलाई त हो नि माया लाउनी”

राज र शान्तीश्रीको “रुनलाई त हो नि माया लाउनी”

by ईलालटिन
0 comment

पर्वत । शास्त्रीय र गजल गायनमा आफूलाई अब्बल साबित गरिसकेका गायक राज सिग्देल र लोक सङ्गीतमा लगातार एकपछि अर्को चर्चित गीत दिन सफल गायिका शान्ति श्री परियारको संयुक्त आवाजमा “रुनलाई त हो नि माया लाउनी” बोलको गीत बजारमा आएको छ ।

प्रेम–प्रेमिकाले भोग्ने र महसुस गर्ने कुराहरू गीतका माध्यमबाट व्यक्त गरिएको छ । हप्ता दिन अघि सार्वजनिक भएको यस गीतलाई धेरैले रुचाएको छन् । टिकटकमा पनि गीतलाई निकै मन पराएको देखिन्छ । गायक सिग्देल र गायिका परियारले एकै साथ पहिलो पटक गीत गाएपछि उनीहरूलाई मन पराउने बेग्ला बेग्लै श्रोता र दर्शकहरू पनि खुसी भएका छन् ।

लक्ष्मण परियारले मनको ढुकढुकी सुन्दै शब्द–शब्द गाँसेर गीत लेखेका हुन् भने गीतलाई प्राण दिएर कर्णप्रिय र हृदयस्पर्शी बनाउने काम चाहिँ सङ्गीतकार श्रीकृष्ण बम मल्लले गरेका हुन् । गीतमा पछिल्लो पुस्ताको सृजनशील कलाकार देवेन्द्र« बबुल र रोशनी कार्कीले जीवन्त अभिनय गरेका छन् । उनीहरूको जोडीलाई दर्शकले राम्रो मानिदिएका छन् ।

गीतको क्रोरियोग्राफर र निर्देशक मौसम हिमालीले गरेका हुन् । लकश्याम म्युजिक वर्ल्ड युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतका प्रोड्युसर नवीन गुरुङले बताउनुभयो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com