Home जनप्रतिनिधि मोदी गाउँपालिका–५७ करोड ९५ लाख बराबरको बजेट सार्वजनिक

मोदी गाउँपालिका–५७ करोड ९५ लाख बराबरको बजेट सार्वजनिक

by ईलालटिन
0 comment

पर्वत । मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न गाउँपालिकाको १३ औँ गाँउसभाले आगामी आर्थिक वर्षका लागि रु ५७ करोड ९५ लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँ सभामा प्रवक्ता बेलबहादुर कार्कीले बजेट र गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले नीति तथा कार्यक्रम पेस गर्नुभएको हो ।

बजेट मार्फत आन्तरिक राजश्व आय तर्फ १ करोड ५०लाख, विद्युत् रोयल्टी,पर्वतारोहण,अन्य तर्फ ५ करोड ५० लाख , राजश्व बाँडफाँड प्राप्त रकम केन्द्र तर्फ ८ करोड ४९ लाख ७२ हजार,राजश्व बाँडफाँड प्राप्त रकम प्रदेश तर्फ ७ करोड ५६ लाख ९ हजार ,नेपाल सरकारबाट प्राप्त समानिकरण तर्फ ९ करोड ३९ लाख, प्रदेश सरकारबाट प्राप्त समानिकरण तर्फ १ करोड १७ लाख ६१ हजार,योजना बजेट २ करोड , सशर्त अनुदान केन्द्र तर्फ २९ करोड १३ लाख,व्यय तर्फ चालु खर्च ७ करोड ५० लाख,समग्र वडागत एवं शाखागत योजना तथा कार्यक्रम खर्च १९ करोड ३२ लाख २ हजार, भुक्तानी बाँकी २ करोड,सशर्त अनुदान खर्च २९करोड १३ लाख आय,व्यय प्रस्तुत गरिएको छ ।

१४८ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहु आयामिक गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त मोदी निर्माण गर्ने दीर्घकालीन सोच उल्लेख गरिएको छ ।

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । शर्माले युवाहरूलाई विकासमा सहभागिता सिपमूलक तालिम ,खेलकुद जस्ता क्रियाकलापमा अग्रसर गराउने,महिला तथा किशोरी विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद अन्त्य गर्ने जस्ता कुराहरू नीति तथा कार्यक्रममा पेस गरेको बताउनुभयो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com