Home विशेष मैत्रीपूर्ण फुटबल खेलका उपाधि नेपाल पत्रकार महासङ्घलाई

मैत्रीपूर्ण फुटबल खेलका उपाधि नेपाल पत्रकार महासङ्घलाई

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मामा आज बुधवार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकारको समूहले हात पारेको छ ।

जेसीज सप्ताह २०२३ को पाँचौँ दिनको कार्यक्रम अन्तर्गत भएको खेलमा जेसीज समूहलाई १ को विरुद्ध ३ गोल गर्दै नेपाल पत्रकार महासङ्घ पर्वतको समूहले जित हात पारेको हो ।

सशस्त्र प्रहरी बल चण्डिका गण बडागाउँ खेलमैदानमा जेसीज समूहले पहिलो हाफमा १ गोलले अग्रता लिएको भए पनि दोस्रो हाफमा पत्रकारको समूहले १ गोल गदै खेल बराबरीमा पु¥याएका थिए ।

६० मिनेटको निर्धारित समय र थप ५ मिनेटको बाँकी समयमा पनि दुवै समूहले कुनै पनि गोल नगरेपछि खेल पेनाल्टीमा पुगेको थियो । निकै नै प्रतिस्पर्धात्मक रहेको खेल पेनाल्टीमा आइपुग्दा भने जेसीजको समूह गोल गर्नबाट वञ्चित बनेपछि पत्रकारको समूहले १ को विरुद्ध ३ गोलको जवाफ फर्काउँदै मैत्रीपूर्ण खेलको टफि उचाल्न सफल भएको थियो ।

पत्रकारले मैत्रीपूर्ण खेल जितेपछि नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले खेलमा जित हार स्वाभाविक भएको बताउँदै मैत्रीपूर्ण खेलले एक अर्का बिचमा आत्मीयता र भाइचाराको सम्बन्धमा सकारात्मक भूमिका खेल्न सघाउ पुग्ने बताए ।

फुटबल प्रतियोगितामा जेसिजका अध्यक्ष जेसि विनोद आचार्यको अध्यक्षता र सशस्त्र प्रहरी बल नं २५ गण सशस्त्र प्रहरी उपरीक्षक अरविन्द श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । विजयी पत्रकारको समूहलाई प्रमुख अतिथि श्रेष्ठले टफि प्रदान गरेका थिए ।

सन १९९६ मा स्थापित पर्वत जेसीजले आफ्नो स्थापनाको समयदेखि नै निरन्तर सामाजिक कार्यहरूमा सहभागिता जनाउन र रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको जेसीज अध्यक्ष जेसी विनोद आचार्यले जानकारी दिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com