Home विशेष १ लाख राशिको दोस्रो “अनिस बोगटी स्मृति कप” फुटबल प्रतियोगिता हुने

१ लाख राशिको दोस्रो “अनिस बोगटी स्मृति कप” फुटबल प्रतियोगिता हुने

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मामा १ लाख राशिको दोस्रो “अनिस बोगटी स्मृति कप”सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

हिजो बिहीबार कुश्मामा पत्रकार सम्मेलन मार्फत वैशाख ८ देखि १० गते सम्म प्रतियोगिता हुने बारे आयोजक पर्वत फुटबल क्लबले जानकारी गराएको हो ।

क्लबका पूर्व खेलाडी अनिस बोगटीको स्मृतिको अवसरमा प्रत्येक वर्ष प्रतियोगिता गरिने लक्ष्य अनुसार दोस्रो “अनिस बोगटी स्मृति कप”सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गणेश सिलवालले बताए ।

आयोजकले पत्रकार सम्मेलनमा खेलको सम्पूर्ण तयारी सकिएको जानकारी गराएको थियो । खेलमा पहिलो हुने समूहले १ लाख र दोस्रो हुने समूहले ५० हजार रुपैयाँ पुरस्कार स्वरूप पाउने क्लबका अध्यक्ष सिलवालले जानकारी गराए ।

प्रतियोगितामा राम्रो खेल्ने खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी, राम्रो बल रोक्ने गोल किपर, राम्रो खेल्ने डिफेन्डर र राम्रो खेल्ने स्ट्राइकरलाई पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक मनोज पुरीले जानकारी दिए । प्रतियोगितामा अहिलेसम्म पर्वत र बाहिरी जिल्लासहित १२ समूह दर्ता भइसकेका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com