पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा पर्वतमा दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका दुर्गा प्रसाद शर्मा नियुक्ति भएका छन् ।
तिमिल्सिनाले शर्मालाई मङ्गलवार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
२०५६ सालमा न्यु धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यु कालीगण्डकी दैनिकका सम्पादक थिए ।
उनले नेपाल समाचारपत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायतका सञ्चार संस्थामा काम गरिसकेका छन् ।

शर्मा प्रेस चौतारीको वरिष्ठ उपाध्यक्षसमेत रहेका थिए ।