Home Social पर्वतः आफ्नै केटी साथीको तस्बिर दुरुपयोग गर्दै केटा फसाउने शर्मा पक्राउ

पर्वतः आफ्नै केटी साथीको तस्बिर दुरुपयोग गर्दै केटा फसाउने शर्मा पक्राउ

by ईलालटिन
0 comment

पर्वत। पर्वतको मोदी गाउँपालिका–२ घर भएका एक युवाले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको नक्कली प्रोफाइल बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

२६ वर्षीय विश्व शर्माले आफ्नै केटी साथीको तस्बिर दुरुपयोग गरेर फेसबुक प्रोफाइल बनाएका थिए । फेसबुकबाट साथी बन्न (फ्रेन्ड रिक्वेस्ट) सन्देश पठाउने र माया जालमा फसाएर रकम असुली गर्दै आएको आरोपमा शर्मालाई साइबर ब्युरोको टोलीले पक्राउ गरेका पर्वत प्रहरीले जानकारी दिएको छ ।

“काठमाण्डौंबाट आएको साइबर ब्युरो र हाम्रो पर्वतको प्रहरी टोलीले बिहीबार २३ गतेको दिन शर्मालाई उनकै घरदेखि नियन्त्रणमा लिएका हौँ ।”, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक केशव केसीले भने, “पक्राउ परेका शर्माले विभिन्न बहाना बनाएर पटक–पटक रकम माग गरेको र पीडित व्यक्तिले विभिन्न माध्यमबाट करिब ६० लाख भन्दा बढी रकम दिइसकेका रहेछन् ।”

प्रहरीले पीडित निवेदकको नाम र ठेगाना गोप्य राखेको छ । पीडितले विभिन्न बैङ्क खाताहरूबाट फरक–फरक बैङ्क खाताहरू तथा डिजिटल वालेटहरूमार्फत ६० लाख रुपैयाँ पठाइसक्दा पनि शर्माले थप रकम माग गर्दै आएका थिए । साइबर ब्युरो काठमाण्डौंका अनुसार पीडित निवेदकले प्रलोभनमा पारेर आफू ठगिएको भन्दै कारबाहीका लागि निवेदन दिएका थिए ।

निवेदन पश्चात् साइबर ब्युरो काठमाण्डौँले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा पक्राउ परेका शर्माले आफ्नै सहपाठी महिला साथीको तस्बिर दुरुपयोग गरी फेक फेसबुक आइडी बनाएर ठगी गरेका थिए ।

पक्राउ परेका शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोप अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरो काठमाण्डौंका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी पशुपति कुमार रायले जानकारी दिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com