Home जनप्रतिनिधि वडाको काम–स्थानीयको घर निर्माण देखि बिजुलीसम्म निःशुल्क

वडाको काम–स्थानीयको घर निर्माण देखि बिजुलीसम्म निःशुल्क

by ईलालटिन
0 comment

पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर–५ को कार्यालयले स्थानीयको घर निर्माण गरिदिने देखि बिजुली बत्तीको रकम आफै तिरिदिने गरेको छ ।

निर्वाचित भएर आएपछि वडा अध्यक्ष नारायण भुर्तेलले गाउँमा घर नभएकाहरूको घर निर्माण गरिदिने बताउनु भएको थियो । त्यही अनुसार अति विपन्न परिवारलाई तीन वटा घर निर्माण र शौचालय नभएका दश घरमा शौचालय समेत निर्माण गरिदिएको वडा अध्यक्ष भुर्तेलले जानकारी दिए ।

वडामा रहेका सबै ३ सय ५० घरधुरीको बिजुली बत्तीको मासिक शुल्क पनि वडा कार्यालयले बेहोर्दै आएको छ । “वडावासीहरूले घरमा बत्ती बालेबापत न्यूनतम शुल्क तिर्दै आउनु भएको थियो । तर, हामी निर्वाचित भएर आएदेखि उहाँहरूले तिर्ने रकम वडाले बेहोर्दै आएको छ ।”, उनले भने, “नागरिकले थोरै रकम तिर्नको लागि पनि झन्झट र अनावश्यक समय खर्च हुने देखेपछि नागरिकले उठाउँदै आएको बोझ हामी आफैले बोकेका हौँ ।”

वडा अध्यक्ष भुर्तेलका अनुसार वडावासीहरूले पैयूँ क्षेत्र ग्रामीण सामुदायिक विद्युतमा वार्षिक २ लाखको हाराहारीमा विद्युत् महसुल शुल्क बुझाउँदै आएका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com