Home विशेष “सेभेन ए साइड” खुला फुटबल प्रतियोगिताको उपाधि पोखरालाई

“सेभेन ए साइड” खुला फुटबल प्रतियोगिताको उपाधि पोखरालाई

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा भएको “सेभेन ए साइड” खुला फुटबल प्रतियोगितामा पोखराको “गन्नी एफ.सी” प्रथम भएको छ ।

आयोजक “गोदाम यूथ क्लब” लाई हराउँदै “गन्नी एफ.सी”ले १ लाख रुपैयाँको पुरस्कार मेडल र प्रमाणपत्र हात पारेको हो । दोस्रो भएको आयोजक “गोदाम यूथ क्लबले” खेलमा दोस्रो बन्दै नगद ५० हजार रुपैयाँको पुरस्कार मेडल र प्रमाणपत्र हात पार्न सफल भएको हो ।

खेलको वेस्ट प्लेयर, मिडफिल्डर, डिफेन्डर र कोचको उपाधि क्रमशः ः “गोदाम यूथ क्लब”का राजिव श्रीस, अभिषेक रानाभाट, प्रमिश गुरुङ र सागर गिरीले जितेका छन् । खेलमा वेस्ट गोल किपर, हाइ स्कोरलको उपाधि क्रमशः ः “गन्नी एफ.सी”का आकाश रानाभाट र विकास परियारले जित्न सफल भएका छन् ।

गोदाम यूथ क्लबले आयोजना गरेको प्रतियोगितामा २० समूह सहभागी भएका थिए । विजयी खेलाडीहरूलाई कुश्मा नगरपालिका–७ का वडा अध्यक्ष परशुराम पुरीले पुरस्कार हस्तान्तरण गरेका थिए । उनले खेलकुदको माध्यमबाट वडालाई चिनाउने काममा “गोदाम यूथ क्लब” लागेको भन्दै प्रशंसा गरेका थिए । उनले खेल क्षेत्रमा युवालाई आकर्षित गर्न आफूले सक्दो सहयोग गर्ने र निकट भविष्यमा फेरि खेलकुदका कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम संयोजक सागर गिरीले देश विदेश बाट सबैको सहयोग सद्भावले नै मेला सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । “गोदाम यूथ क्लब”का अध्यक्ष निर्माण खाँड ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ठाकुर रसाइली र अर्जुन थापाले गरेका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com